Logo

इतिहासमै सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

इतिहासमै सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे आईपीओ ल्याउने भएको छ ।

बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आउँदो माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको बैंकले जनाएको छ ।

जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ ।

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL