काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले सर्बसाधारणलाई माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्ने भएको छ।
कुल आईपिओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई ०.०२ प्रतिशत शेयर छुट्याईएको छ।
बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको थियो । यो नेपालकै अहिलेसम्मकै ठूलो आइपीओ निष्कासन हुने छ ।