Logo

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक, टेण्डर आह्वान

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक, टेण्डर आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का छाप्‍ने भएको छ । पछिल्लो समय ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

गत भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति दिएको थियो । सोही अनुसार राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

नेपालले भदौमै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL