Logo

बैंक अफ काठमाण्डु र साक्को रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १० छुट पाईने

बैंक अफ काठमाण्डु र साक्को रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १० छुट पाईने



काठमाडौं । बैंक अफ काठमाण्डू र साक्को रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौतापश्चात् ग्राहकहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग गरेवापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् ।

साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डु लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL