Logo

नबिल बैंकले भन्यो : हामीसँग कसैले चन्दा मागेको छैन

नबिल बैंकले भन्यो : हामीसँग कसैले चन्दा मागेको छैन



काठमाडौं । नबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकले आईतबार एक विज्ञाप्ति जारी गर्दै कसैलै चन्दा नमागेको स्पष्ट पारेको हो ।

जारि विज्ञाप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा (नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको) जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’

केहीदिनअघि विभिन्न संचारमाध्यममा सत्ताधारी पार्टीले नबिल बैंकसँग चन्दा मागेका समाचारहरु प्रकाशित भएका थिए ।

त्यस्तै, नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्