Logo

सिटिजन्स बैंकका थप २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, सेवा संख्या १०६ पुग्यो

सिटिजन्स बैंकका थप २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, सेवा संख्या १०६ पुग्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडांै जिल्लाको चोभारमा आफ्नो नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले यहि पुस १५ गतेबाट १ सय ५ र १ सय ६ ओैँ शाखारहित बैंकिङ सेवा उक्त २ स्थानमा प्रारम्भ गरेको हो । उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फ्mे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL