Logo

नेपाल बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, सबै शाखाबाट सञ्चय कोषको कर्जा तिर्न सकिने

नेपाल बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, सबै शाखाबाट सञ्चय कोषको कर्जा तिर्न सकिने



काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले बुधबारबाट लागु हुने गरी सो सेवा सुरु गरेको हो ।

नेपाल बैंकका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL