Logo

सप्तरीको अग्निसाईरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, सेवासंख्या ५७ पुग्यो

सप्तरीको अग्निसाईरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, सेवासंख्या ५७ पुग्यो



काठमाडौं । सनराईज बैंकले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख श्रीमती मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष महेश कुमार यादब, निवर्तमान गा.वि.स अध्यक्ष बदि« नारायण चौधरी, सनराईज बैंक प्रदेश नं २ का प्रमुख रोहित कुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक मुकेश कुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष महेश कुमार यादबले गरेका थिए । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकले १ सय ३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL