Logo

कामना सेवा विकास बैंक र एनसीएचएलबीच सम्झौता, बैंकका ग्राहकले घरमै बसी कर्पाेरेट भुक्तानी गर्न सक्ने

कामना सेवा विकास बैंक र एनसीएचएलबीच सम्झौता, बैंकका ग्राहकले घरमै बसी कर्पाेरेट भुक्तानी गर्न सक्ने



काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पाेरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सेवामार्फत कर्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सफर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसी भुक्तानी गर्न सक्नेछन् । बैकंले सो सम्झौता पश्चात यो सेवा कर्पाेरेट गा्रहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा, १ ऐक्स्टेन्सन काउन्टर, ६६ वटा एटिएम एवं सोसियल मिडिया बंैकिङ प्यालटर्फम मार्फत ग्राहकहरुलाइ सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL