Logo

नेपालमा अहिलेसम्मकै ठूलो आइपिओ ल्याउन पूर्वाधार बैंकलाई अनुमति, आवेदन गर्ने सबैले आइपिओ पाउने

नेपालमा अहिलेसम्मकै ठूलो आइपिओ ल्याउन पूर्वाधार बैंकलाई अनुमति, आवेदन गर्ने सबैले आइपिओ पाउने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले अहिलेसम्मकै ठूलो संख्यामा आइपिओ निश्कासनका लागि अनुमति पाएको हो ।

बैंकले कुल ८ करोड कित्ता सेयर निश्कासन गर्ने छ। बैंकले अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्न लागेको हो । आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ ।

धितोपत्र बोर्डले अनुमति दिइसकेकाले अबको दुई महिनाभित्र कम्पनीले आइपिओ निश्कासन गर्नेछ । बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणामको हो। आइपिओ भर्ने सबैलाई यो कम्पनीको सेयर बाँडफाँड गर्न पुग्नेछ।

अर्थात प्रक्रिया पुगेर आइपिओ भरेकाहरुको हात खाली हुने छैन। हाल प्राथमिक सेयर भर्नेको संख्या १० लाखको हाराहारीमा हुने गरेको छ। प्रत्येकलाई पुगेसम्म कम्तीमा १० कित्ता बाँडफाँड गर्नुपर्ने प्रावधान छ।

यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो। यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ। आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL