Logo

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा, विद्यार्थीले कलेजको फी शाखाबाटै तिर्न सक्ने

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा, विद्यार्थीले कलेजको फी शाखाबाटै तिर्न सक्ने



काठमाडौ । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३१, शान्तीनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज पौष १० गते देखी विस्तारीत शाखा संचालनमा ल्याएको छ । बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् ।

अब उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखा बाटनै भुक्तानी गर्न सक्नेछन् । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि उक्त एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान साढे ७ बजेदेखि दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL