Logo

एनएमबी बैंक र सेलपेबीच सहकार्य, बैंकका ग्राहकले सेलपे सेवा प्रयोग गरेर डिजिटल भुक्तानी गर्न सक्ने

एनएमबी बैंक र सेलपेबीच सहकार्य, बैंकका ग्राहकले सेलपे सेवा प्रयोग गरेर डिजिटल भुक्तानी गर्न सक्ने



काठमाडौं । एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रहि विकास गरिएको कम्पनीले जानकारी दिएको छ ।

सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सकिने छ । ग्राहकहरुले सेलपे भुक्तानीसेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्यव्यापारिक भुक्तानी गर्न सक्नेछन् ।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्रगरिने रेमिट्यान्स पठाउन पाउन,बिमा रकम भुक्तानी, एएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL