Logo

कुमारी बैंक र बनेपा हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आकर्षक छुट

कुमारी बैंक र बनेपा हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई आकर्षक छुट



काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बनेपास्थित बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेडमा बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बनेपा हेल्थ केयर हस्पिटलमा औषधिहरुमा १०% सम्म, ल्याब टेष्टहरु, एक्स रे, फिजियोथेरापी लगायत विभिन्न दन्त उपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १५० एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL