Logo

नबिल बैंक र डोटीको सायल तथा बैतडीकाे पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र डोटीको सायल तथा बैतडीकाे पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता



काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानीय निकायसँग समन्वय गरी साना तथा मझौला व्यवसायका साथै कृषि सम्बन्धी कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको छ ।

सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द बीच एम.ओ.यु मा हस्ताक्षर भएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतको उपस्थिती थियो । उक्त कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यम शिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्तगरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवापुग्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्