Logo

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता, १५ लाखसम्म कर्जा प्रदान गरिने

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता, १५ लाखसम्म कर्जा प्रदान गरिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ, नेपाल बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा यस बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ ।

यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुनेछ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL