Logo

सनराइज बैंकको ५६ औं शाखारहित बैंकिङ सेवा झापाको बुद्धशान्तिमा

सनराइज बैंकको ५६ औं शाखारहित बैंकिङ सेवा झापाको बुद्धशान्तिमा



काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको बुद्घशान्ति गाँउपालिका–६, शान्तिनगर, गौंडामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५६ पुगेको छ । बैंकले बुद्घशान्ति गाँउपालिका–६, शान्तिनगर¬–गौंडामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुद्घशान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौलाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेज बहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL