Logo

लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्ब ६५ करोड लगानी जुट्यो, नेपाल बैंकसहित ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने

काठमाडौं । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने वित्तीय श्रोत जुटेको छ ।

२६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौत पत्र ऋणिका तर्फबाट नाशा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुको तर्फबाट बैंक तथा वित्तीय संस्थाहरुसँगको सहवित्तीयकरण बैठकमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरे ।

उक्त अवसरमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ५ अर्ब, नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा रु. ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा रु. २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. २ अर्ब,  हिमालयन बैंकद्वारा रु. २ अर्ब, लक्ष्मी बैंकद्वारा रु. १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा रु. १ अर्ब, बैंक अफ काठमाडांैद्वारा रु. १ अर्ब तथा कृषि बिकास बैंकद्वारा रु. १ अर्ब गरी जम्मा रु. १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरिएको हो ।

कार्यक्रममा कर्मचारी संचय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले स् निजि क्षेत्रद्वारा राष्ट्र निर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलतासँगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने बताए ।

नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहज भएको बर्तमान अबस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बताए ।

सम्झौता कार्यक्रममा डेभलपर नाशा हाईड्रोपावर अध्यक्ष मोतिलाल दुगडले नेपालमा हालसम्म कै ठूलो वित्तीय लगानी रहेको यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताकासाथ गरेको कार्यको सह्राना गर्दै सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गरे । साथै दुगडले २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट ब्यापारिक उत्पादन सुुरु गरिने जानकारी समेत गराए ।

प्रतिक्रिया दिनुहोस्