Logo

माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता



काठमाडाैं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आबद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंकले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थाहरु संग सम्झौता गरेको छ । बैंकले पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL