Logo

बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झाैता

बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झाैता



काठमाडाैं । बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झाैता भएकाे छ ।

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको हाे ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL