Logo

साढे ७ करोड ठगीमा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक पक्राउ, ६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा

साढे ७ करोड ठगीमा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक पक्राउ, ६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा



काठमाडौं । प्रहरीले बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका शाखा प्रमुख तथा पूर्व शाखा प्रमुखलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले महालक्ष्मी बिकास बैंकको शाखा कार्यालय कुमारीपाटीको प्रवन्धकहरु लगायत ऋणी पुर्ण राई समेत पक्राउ गरेको हो ।

शाखा प्रबन्धक र ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिएर बैंकिङ ठगी गरेको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मिलेमत्तोमा साँवा र व्याज गरी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ गठी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले झुटा विवरणको आधारमा अत्याधिक कर्जा लिएर नतिरी हानी नोक्सानी पुर्याएको आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा मंसिर २६ गते ऋणीहरु आज पुस ५ गते महालक्ष्मी बिकास बैंक कुमारीपाटी शाखाका शाखा प्रवन्धक र पुर्व शाखा प्रवन्धकहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर मुद्दा शिर्षकमा आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

साढे ७ करोड ठगीमा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक पक्राउ, ५ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा
साढे ७ करोड ठगीमा महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक पक्राउ, ५ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा

प्रतिक्रिया दिनुहोस्
MBL