Logo

अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ, एमएडब्लु अर्थमुभर्स र बैंकबीच सम्झौता

अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ, एमएडब्लु अर्थमुभर्स र बैंकबीच सम्झौता



काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ ।जेसीबीको सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक र उक्त कम्पनीले उक्त सम्झौता गरेका हुन् । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ ।’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले भने ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरिसकेका छौं ।’

त्यसैगरी, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । ‘यो नयाँ सम्झौताले हाम्रा आदरणीय ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL