Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, अस्पताल निर्माणको लागि पाँच लाख आर्थिक सहयोग प्रदान

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, अस्पताल निर्माणको लागि पाँच लाख आर्थिक सहयोग प्रदान



काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका थिए।

बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं। १ मा कोभिड–१९ संक्रमितहरुमा उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ ।

संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पु¥याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्