Logo

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक, अभिभावकको ५ लाख रुपैयाँको बीमा हुने

मेगा बैंकको ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक, अभिभावकको ५ लाख रुपैयाँको बीमा हुने



काठमाडौं । मेगा बैंकले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले शुक्रबार बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको जानकारी दिएको हो ।

न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४ दशमलव ५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्