Logo

एनआईसी एशिया बैंकले गर्यो नयाँ रेमिटयान्स सम्झौता, अब दक्षिण कोरियाबाट सजिलै नेपालमा रकम पठाउन सकिने

एनआईसी एशिया बैंकले गर्यो नयाँ रेमिटयान्स सम्झौता, अब दक्षिण कोरियाबाट सजिलै नेपालमा रकम पठाउन सकिने



काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै एनआइसी एशिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन् ।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।

कोरियामा बसोबास गरिरहेका नेपालीहरूले Sentbe रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL