Logo

बैंक अफ काठमाण्डू लिमिटेडको ‘डिबेञ्चर २०८६’ को सार्वजनिक निष्काशन बन्द

बैंक अफ काठमाण्डू लिमिटेडको ‘डिबेञ्चर २०८६’ को सार्वजनिक निष्काशन बन्द



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ‘८.५% बिओके डिबेञ्चर २०८६’ निष्काशनबन्द गरेको छ । बैंकले मंसिर २४ गतेदेखि खुल्ला गरेकोमा मंसिर २९ गते सोमबार निष्काशन बन्द गरेको जानकारी दिएको छ ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको बैंकले उल्लेख गरेको छ ।

बैंकद्वारा निष्काशन गरिएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको बैंकले जनाएको छ । बैंकले उक्त ऋणपत्र निष्काशनको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताहरुको दीर्घकालीन लगानीमा उच्चतम प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट उक्त ऋणपत्र ल्याएको बैंकले बताएको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL