Logo

लक्ष्मी बैंकको लाभाशं घोषणा, सेयरधनीले ११.५ प्रतिशत लाभांश पाउने

लक्ष्मी बैंकको लाभाशं घोषणा, सेयरधनीले ११.५ प्रतिशत लाभांश पाउने



काठमाडौँ । लक्ष्मी बैंकले शेयरधनीहरुका लागि ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश (बोनस शेयरको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव पियूसराज अर्यालले जनाएका छन् । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL