Logo

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात, सेवासंख्या २३८ पुग्यो

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात, सेवासंख्या २३८ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन ६ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबार तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप ६ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ३८ पुगेको छ ।

बंंंैकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं. ०२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्र कला ढकाललाई नियुक्त गरेको छ । यस्तै बैंकले धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राज कुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका ०५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखत बहादुर शाही, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं.०१ गणेश चोक मा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न युटिलिटीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL