Logo

एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाई खरिदको भुक्तानी ‘खल्ती’बाट गर्न सकिने

एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाई खरिदको भुक्तानी ‘खल्ती’बाट गर्न सकिने



काठमाडौं । एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को इकाई खरिदको भुक्तानी ‘खल्ती’बाट गर्न सकिने भएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राखी सोमबारदेखि डिजिटल पेमेन्ट खल्तीको माध्यमबाट एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यसअघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेकट आइपीएस र नेपाल इन्भेष्टमेन्छ बैंको इ–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

कोष प्रबन्धक, एन.आई.बि.एल एस क्यापिटल लिले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानि गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेका जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL