Logo

मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र बोनसको अनुपात

मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र बोनसको अनुपात



काठमाडौं । विकास बैंकहरुमध्ये अब्बल बैंकको परिचय बनाएको मुक्तिनाथ विकास बैकले लाभांश घोषणा गरेको छ । मंसिर २२ गते सोमबार बसेको बैंक संञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ११.२५ प्रतित बोनस सेयर र कर प्रयोजनको लागि समेत गरेर ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्