Logo

प्रभु बैंकद्धारा १० प्रतिशत बोनस शेयर प्रस्ताव, बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड पुग्ने

प्रभु बैंकद्धारा १० प्रतिशत बोनस शेयर प्रस्ताव, बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड पुग्ने



काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैंया पुग्नेछ ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत पछिको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL