Logo

सेञ्चुरी बैंकको केन्द्रीय कार्यालयमा स्मार्ट टेलर, मुस्ताङको लेतेमा नयाँ शाखा

सेञ्चुरी बैंकको केन्द्रीय कार्यालयमा स्मार्ट टेलर, मुस्ताङको लेतेमा नयाँ शाखा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एपबाट क्यूआर स्क्यान गरी नगद झिक्न÷निकाल्न सकिने छ ।

बैंकले ग्राहकहरुको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको जनाएको छ । हाल उक्त सेवा काठमाडौंस्थित केन्द्रीय कार्यालयको लागि मात्र लागु हुनेछ ।

निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यकालगायत उपत्यका बाहिरसमेत लागु गरिने बैंकले जनाएको छ । यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

यस्तै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११५ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेन्सन काउण्टर संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्