Logo

एनएमबि बैंकलाई ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड, ४ वर्षमा ३ अवार्ड प्राप्त गर्न सफल

एनएमबि बैंकलाई ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड, ४ वर्षमा ३ अवार्ड प्राप्त गर्न सफल



काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२०का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो । 

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाख भन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

एनएमबि बैंक Global Alliance for Banking on Values (GABV)को नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको छ । जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था Partnership for Carbon Accounting Financials (PCAF)को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, Morgan Stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुको साथ साझा एजेण्डामा काम गर्ने मौका प्राप्त भएको छ । 

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो । जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजीक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ । 

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्कन गरिन्छ । 

विगत चार वर्षमा यस बैंकलाई तेश्रौं पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्ष विभोर भएका छौं । विश्व समुदाय नै कोभिड१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, काम प्रतिको समर्पण, दीगो व्यवसाय विस्तार प्रतिको ऐक्यवद्घताका साथै यस बैंकको आदरणीय सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो । 

एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनैतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड१९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममा आधारित विभिन्न सेवाहरुको प्रारम्भ तथा यस असहज परिस्थितिमा सामाजीक उत्थान एवं स्वास्थ्य सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्