काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ ड्र’ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मोबाईल फोनमा भएको ज्योति ‘स्मार्ट एप’मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सकिने गरी उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवाअन्तर्गत अब बैंकका ग्राहकले बैंकको काउन्टरमा गई चेकबीनै आफ्नो खाताबाट पैसा झिक्न सक्नेछन् । बैंकले उक्त सेवा देशभरीका १ सय ५ ओटा शाखाबाट एकैपटक सुरुवात गरेको छ ।
हाल ज्योति विकास बैंकले १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको छ ।