Logo

८.५० प्रतिशत एसबिएल. डिबेन्चर २०८४ (ऋणपत्र) नेप्सेमा सूचीकृत

८.५० प्रतिशत एसबिएल. डिबेन्चर २०८४ (ऋणपत्र) नेप्सेमा सूचीकृत



काठमाडाैं । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि. बिच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको ३० लाख थान ८.५०% एस.बि.एल. डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ ।

बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेडमार्फत् ३० लाख थान ८.५०% एस.बि.एल. डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्