Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, ८ अर्बको सेयर जारी गर्ने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, ८ अर्बको सेयर जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते बुधबारका दिन दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले आर्थिक बर्ष २०७६÷७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । सभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँको शेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६÷७७ मा जलविद्युत, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत पाँचवटा परियोजनाहरुमा छ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेकोमा चालु आ.व.मा तीनवटा परियोजनाहरुमा दुई अर्ब ८५ करोडको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा आठ अर्ब ८५ करोड बराबरको कर्जा स्वीकृत गरेको छ ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र रामकृष्ण खतिवडाको उपस्थिती रहेको थियो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । कोभिड–१९को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन÷जोगाउन आफ्ना शेयरधनीहरु अनलाइन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनीहरुलाई समेत स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्ण पालना हुने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL