Logo

सिभिल बैंकको नाफा पहिलो त्रैमासमा ९ करोडमा खुम्चियो, वितरण योग्य नाफा १३ करोडले घाटामा

सिभिल बैंकको नाफा पहिलो त्रैमासमा ९ करोडमा खुम्चियो, वितरण योग्य नाफा १३ करोडले घाटामा



काठमाडौं । चालु आर्थिक बर्ष पहिलो त्रैमासमा सिभिल बैंकको नापाm ९ करोड ६६ लाख ७८ हजारमा खुम्चिएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले १५ करोड ८९ लाख ५० हजार खुद नाफा कमाएका थियो । बैंकको वितरण योग्यनाफा पनि रु। १२ करोड ९९ लाख ७ हजारले घाटामा रहेको छ ।

यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ६९ अर्ब ४० करोड १८ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. ५६ अर्ब  ९२ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि २ अर्ब २ करोड १९ लाख रुपैयाँ कर्जा दिएको छ ।


प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. १ अर्ब ६३ करोड ९२ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ४९  करोड ७६ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ८ अर्बरुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने १ अर्ब ६४ करोड भन्दा बढी रकम जम्मा गरेको छ । 

वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी ४.८३ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात ३३.९४, प्रति शेयर नेटवर्थ १२९.४१ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १०७५.०८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL