Logo

तिहारमा एन आई सी एशियाको योजना, मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् यस्तो सुविधा

तिहारमा एन आई सी एशियाको योजना, मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् यस्तो सुविधा



काठमाडौं । एन आई सी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको एन आई सी एशियाले भाईटिकामा ग्राहकहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ (MoBank) मार्फत प्रदान गरेमा दक्षिणा रकममा थप १०० बैंकले आफ्नो तर्फबाट प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम ५०० स्थानान्तरण गर्नुपर्नेछ ।

यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत (MoBank) एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले (MoBank) एपमा रहेको ‘Digital Dakshina‘ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा  BHAITIKA  जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने समेत बैंकले जनाएको छ ।

बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्