Logo

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच व्यवसायिक सम्झौता, बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच व्यवसायिक सम्झौता, बैंकका ग्राहकलाई छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच व्यवसायिक सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले संगम स्वीट्सको आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । 

साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटियम  बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL