Logo

सिटिजन्स बैंकको ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक

सिटिजन्स बैंकको ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी रु २,००० भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने ‘सिटिजन्स तिहार’ भनी खुलाउनपर्ने छ ।

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL