Logo

एनआइबिएल सहभागिता फण्डमा ईकाई अनलाईनमार्फत खरिद गर्ने व्यवस्था, धनतेरसको लगानी गर्दा छुट

एनआइबिएल सहभागिता फण्डमा ईकाई अनलाईनमार्फत खरिद गर्ने व्यवस्था, धनतेरसको लगानी गर्दा छुट



काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रर्वद्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तरगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावन अवसरमा ईच्छुक लगानी कर्ताहरुलाई उक्त एनआइबिएल सहभागिता फण्ड ९खुलामुखी योजाना० मा लगानी गरी पुँजी बजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाईएको जानकारी गराईन्छ ।

यस क्यापिटलले यही शुक्रबार अर्थात २०७७।०७।२८ गते धनतेरसको दिनबिहान ११ः०० बजे देखि दिउँसो ०१ः०० बजे सम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको व्यहोरा जानकारी गराएको छ ।

लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न सकिने कयापिटलले नाएको हो । यी सेवाहरूको सम्बन्धमा थप जानकारी एनआईबिएल एस क्यापिटल प्रधान कार्यालयबाट लिन सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL