Logo

प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा बैंकले कमायो ८५ करोड नाफा

प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा बैंकले कमायो ८५ करोड नाफा



काठमाडौं । प्रभु बैंकले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ३५.२७ प्रतिशतले बढेको छ ।

बैंकको यस अघिको आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ६२ करोड ८४ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८५ करोड नाफा कमाएको हो ।

त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ छ भने बैंकको निक्षेप संकलन ३.५४ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६।७५ प्रतिशतले बढेर १ खर्ब १६ र्ब पुगेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL