Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, पुस्तकालय विकासका लागि पाँच लाख सहयोग

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, पुस्तकालय विकासका लागि पाँच लाख सहयोग



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २०७७ कार्तिक २६ गते बुधबार काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम सामुदायिक विकास समितिले सुविधानगरस्थित मदनस्मृति सामुदायिक पुस्तकालयमा पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ ।

स्थापना काल देखि नै सुविधानगर क्षेत्र भित्र विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त समितिलाई प्रदान गरिएको सो रकम सहयोगबाट शिक्षाको क्षेत्रमा केही हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL