Logo

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग, ८ लाख नगद प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग, ८ लाख नगद प्रदान



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रर्वद्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रर्वद्धन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी दिइन ।

टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरिन ।

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL