Logo

ग्लोबल आइएमई बैंकको शाखा बझाङको जय पृथ्वी नगरपालिकामा, शाखा संख्या २६२ पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा बझाङको जय पृथ्वी नगरपालिकामा, शाखा संख्या २६२ पुग्यो



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा सञ्चालनमा आएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा  २६२ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL