Logo

तिहारमा सबै बैंकका शाखा कार्यालय बन्द रहने, डिजिटल बैंकिङ सेवा र एटीएम चल्ने

तिहारमा सबै बैंकका शाखा कार्यालय बन्द रहने, डिजिटल बैंकिङ सेवा र एटीएम चल्ने



काठमाडौं। नेपालीहरुको महान चाड तिहारमा तीन दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने भएका छन् ।

नेपाल बैंकर्स संघले कोरोनाको कहर देशभर नै बढ्दै गएको कारण र त्यससंगै कर्मचारीहरुमा पनि संक्रमण बढिरहेको कारण देखाउँदै संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ। संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित भईसकेका छन्। यो अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुने र एटीएम सञ्चालन हुनेछ।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL