Logo

कुमारी बैंकको ३ महिनामा खुद नाफा ६० करोड, अन्य सूचक कस्तो छ ?

कुमारी बैंकको ३ महिनामा खुद नाफा ६० करोड, अन्य सूचक कस्तो छ ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनि गरेको छ । बैंकले पहिलो त्रैमाससम्म ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको भन्दा ४९.८९ प्रतिशतले बढी नाफा कमाएको छ । बैंकले गत वर्ष सोही अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सोही अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँम् बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ ।

बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत र कोषको लागत ६.२८ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेशियो ७५.३१ प्रतिशत छ भने पूँजीकोष अनुपात १४.९३ प्रतिशत छ ।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ 

प्रतिक्रिया दिनुहोस्
MBL