Logo

सिटिजन्स बैंकका ग्राहकहरूले सङ्गम स्विटसमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरूले सङ्गम स्विटसमा १० प्रतिशत छुट पाउने



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरूले सङ्गम स्विटसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले सङ्गम स्विटस्का काठमाडौँ उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम। र १०४ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

बैङ्कले कोरोना महामारीमा सावधानी पूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैङ्कले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान विथड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड–१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बचत खाता सञ्चालन गर्दै आएकालाई बैङ्कको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ , कार्ड लगायतका डिजिटल भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL