Logo

महालक्ष्मी विकास बैंक र एसआरएल डायग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

महालक्ष्मी विकास बैंक र एसआरएल डायग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक नेपालसँग एक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL