Logo

कुमारी बैंकले गर्यो घोषित लाभांशमा संसोधन, बोनसको दर बढ्यो

कुमारी बैंकले गर्यो घोषित लाभांशमा संसोधन, बोनसको दर बढ्यो



काठमाडौं । गत आवको मुनाफाबाट यस अघि घोषणा गरेको लाभांश कुमारी बैंकले संसोधन गरेको छ ।

बैंकले यसअघि १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने गरि कुल १४ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर, त्यसमा राष्ट्र बैंकले सहमति दिंदा संसोधन गर्न भनिएपछि संसोधन गरिएको हो ।

बैंकले कुल लाभांशको सिमा यथावत राखेर बोनस र नगद लाभांश संसोधन गरेको छ । बैंकले १०.८५ प्रतिशत र ३.१५ प्रतिशत नगद लाभांश दिने गरि लाभांश घोषणा गरेको हो ।

अब नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले यो लाभांश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL