Logo

२ नेपाली बैंकले जिते चीनमा मुद्धा, फसेको साढे १ अर्ब ५६ करोड रकम फिर्ता आउने

२ नेपाली बैंकले जिते चीनमा मुद्धा, फसेको साढे १ अर्ब ५६ करोड रकम फिर्ता आउने



काठमाडौं । नेपाली २ बैंकहरुले लडिरहेको मुद्धा चीनमा जितेका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनको अदालतमा लडिरहेको अन्तरराष्ट्रिय ठेक्काको पेश्की र ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् ।

मेलम्ची खानेपानी परियोजनामा बैंक ग्यारेन्टी बसेबापत बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको ६६ करोड गरी एक अर्ब ५६ करोड रुपैयाँबराबर रकम फिर्ता पाउनेगरी उक्त मुद्धा जितेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उक्त रकम पछिल्लो ८ वर्षदेखि फसेको थियो ।

‘मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा चाइना रेल्वे १५ ब्यूरो नामक चिनियाँ कन्स्ट्रक्सन कम्पनीले उक्त रकम फसाएको थियो । बैंक अफ काठमाण्डु र हिमालयन बैंकले २०६५ साल चैतमा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि काउन्टर ग्यारेन्टी बसेका थिए ।

चाइना रेल्वे १५ ब्युरोले चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट मेलम्ची खानेपानी आयोजनाको पर्फर्मेन्स ग्यारेन्टीको काउन्टर ल्याएको थियो ।

तर, सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सरकारले ०६९ असोज ९ मा चाइना रेल्वेसँग ठेक्का तोड्यो । त्यसपछि अदालतबाट मुद्दा जितेरै ०७२ जेठ १ मा सरकारले दुबै बैंकमा चिनियाँ कम्पनीले राखेको जमानत जफत गरेको थियो ।

जुलाई २०१९ मेलम्चीसँग सीएमसीले गरेको सम्झौता र काउन्टर ग्यारेन्टीलाई छुट्टाछुट्टै राखेर हेर्नुपर्ने भन्दै प्रान्तीय अदालतले फेरि तल्लो तहकै अदालतमा मुद्दा फर्काएको थियो । माथिल्लो अदालतले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा यो मुद्दाको फैसला गरिनुपर्ने भनेपछि झेङजु इन्टरमिडियट पिपल्स कोर्टले त्यसमा पुनरावलोकन गरेर नेपाली बैंकको पक्ष्मा शुक्रबार फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL